94
वीरगञ्ज, ८ असोज — घटस्थापनासँगै सुरु भएको ऐतिहासिक वीरगंज गहवामाई मेलामा खाद्य सामग्रीको गुणस्तर जाँच गर्न जिल्ला प्रशासन कार्यालय, वीरगंज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च पर्सा, वीरगंज महानगरपालिका सहितको संयुक्त टोलीले २२ वटा मिठाई पसलमा बुधवार अनुगमन गरेको छ।
अनुगमनका क्रममा सात पसलमा गुणस्तरहीन तेल प्रयोग भएको र पाँच पसलमा मापदण्ड विपरीतको फुड कलर भेटिएको प्रशासनले जनाएको छ। त्यस्ता सामग्री तत्काल नष्ट गरिएको र सम्बन्धित पसल सञ्चालकलाई चेतावनी दिइएको हो। स्वास्थ्यलाई ध्यानमा राखी चाडपर्व लक्षित अनुगमन भइरहेको छ र यो दशैंभर निरन्तर जारी रहने प्रशासनले जनाएको छ |