आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ठोरी गाउँपालिकालाई काठमाडौं महानगरपालिकाबाट एम्बुलेन्स हस्तान्तरण

ठोरी गाउँपालिकालाई काठमाडौं महानगरपालिकाबाट एम्बुलेन्स हस्तान्तरण

95

ठोरी, ७ असोज। काठमाडौं महानगरपालिकाले पर्साको ठोरी गाउँपालिकालाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेको छ। सो एम्बुलेन्स आज एक कार्यक्रमका बीच ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो।

महानगरपालिकाका अनुसार करिब एक वर्षअघि ठोरी गाउँपालिकाले बुझाएको अवस्थिति प्रतिवेदन र प्रस्तावनाको आधारमा ठोरीलाई एम्बुलेन्स दिन उपयुक्त ठहर गरिएको हो। एम्बुलेन्स प्राप्त गरेपछि अध्यक्ष श्रेष्ठले ठोरीका जनताका लागि यो ठूलो राहत हुने बताउँदै काठमाडौं महानगरपालिकाप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

देशभरका ७५३ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकाले हालसम्म ३५ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ। ठोरी गाउँपालिका पनि यसपालि छानिएका स्थानीय तहहरूमध्ये पर्छ।