आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपालमै पहिलो पटक वीरगन्जमा नवदुर्गा भवानीको ‘चुनरी यात्रा’

नेपालमै पहिलो पटक वीरगन्जमा नवदुर्गा भवानीको ‘चुनरी यात्रा’

91

वीरगन्ज, ६ असोज — दसैं सुरु भएको पहिलो दिन घटस्थापनाको अवसरमा सोमबार वीरगन्जमा नेपालकै पहिलो ‘नवदुर्गा भवानी चुनरी यात्रा’ निकालिएको छ।

वीरगन्ज–६ माईस्थानस्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट सुरु गरिएको यात्रामा करिब १ हजार ५ सय बढी महिला भक्तजन सहभागी भएका थिए। उनीहरूले १ सय ५१ मिटर लामो चुनरी बोकेर नगर परिक्रमा गरेका थिए।

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा सम्पन्न यस यात्राले शहरको विभिन्न परिक्रमा गरेर पुनः गहवामाई मन्दिरमै पुगेर विशेष पूजापाठसहित समापन गरिएको थियो।

विश्व हिन्दू परिषद् वीरगन्ज महानगर समितिका सचिव दीपेन्द्र कुमार सर्राफका अनुसार यसपालीको घटस्थापनामा पहिलो पटक नेपालमै यस्तो चुनरी यात्रा आयोजना गरिएको हो। “१५१ मिटर लामो चुनरी बोकेर हजारौं भक्तजन सहभागी भएको यो ऐतिहासिक क्षण हो,” उनले बताए।