89
काठमाडौं ६ असोज – चार नवनियुक्त मन्त्रीले सोमबार शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
शपथ लिने मन्त्रीहरूमा कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपंक्षी विकास मन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन रहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्।