असोज ३ ललितपुर, सानेपा — जेन–जी आन्दोलनपछिको पहिलो बैठक शुक्रबार नेपाली कांग्रेसको कार्यसम्पादन समितिले सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। आगजनी र तोडफोडका कारण खण्डहरजस्तो बनेको कार्यालयमै बैठक बसेको हो।
सभापति शेरबहादुर देउवा आन्दोलनकै क्रममा प्रदर्शनकारीको आक्रमणबाट गम्भीर घाइते भएकाले बैठकमा उपस्थित हुन सकेनन्। देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरे।
बैठकमा सभापति देउवा र उनकी पत्नीको स्वास्थ्य अवस्थादेखि पार्टीको पुनर्गठनसम्मका विषय उठेका थिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापतिको विकल्प खोजेर अघि बढ्नुपर्ने भन्दै दुई बुँदे प्रस्तावसमेत पेश गरेका थिए। तर, सभापति स्वयं उपस्थित नभएकाले सो प्रस्तावमा छलफल अघि बढ्न सकेन।
बैठकले भने जेन–जी आन्दोलनका कारण भएको क्षति, संसद् विघटन, कांग्रेस नेतामाथिका आक्रमण लगायतका विषयमा विस्तृत छलफल गरेको थियो।
छलफलपछि नेपाली कांग्रेसले पाँच बुँदे निर्णय सार्वजनिक गरेको छः


