आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सैनिक ब्यारेकमा रहेका ओली आन्दोलनपछि पहिलो पटक देखिए

सैनिक ब्यारेकमा रहेका ओली आन्दोलनपछि पहिलो पटक देखिए

101

काठमाडौं, २ असोज :  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् । जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षाका कारण उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो ।

गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओलीलाई सोमबार बाहिर निकालिएको हो । सुरक्षा स्रोतका अनुसार उनी भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँका लागि भाडाको घर व्यवस्था गरिएको छ ।

बालकोटस्थित ओलीको घर जेनजी प्रदर्शनकारीले जलाएपछि उनी त्यहाँ फर्किन नसकेको र नयाँ बासस्थानको खोजीमा रहेका बेला गुण्डुमा अस्थायी बसोबासको व्यवस्था गरिएको हो ।

ओलीलाई गुण्डुमा बसाल्ने पहल एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गरेका हुन् । बस्नेतले चाँडै भव्य कार्यक्रममार्फत् ओलीलाई सार्वजनिक गर्ने घोषणा समेत गरेका छन् ।