आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News देशको प्रथम महिला महान्यायाधिवक्ता भण्डारी नियुक्त

देशको प्रथम महिला महान्यायाधिवक्ता भण्डारी नियुक्त

83

काठमाडौं, २९ भदौ:  नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् गठनको प्रक्रिया तीव्र पार्दै पहिलो निर्णयका रूपमा वरिष्ठ अधिवक्ता सबिता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्।

जेन–जी आन्दोलनको दबाबपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले ९३ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी सबितालाई देशको पहिलो महिला महान्यायाधिवक्ता बनाइदिएकी हुन्।

यसअघि महान्यायाधिवक्ता केशव बडालले पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।

प्रधानमन्त्री कार्कीले आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारी गरिरहेकी छन्। आइतबार बिहानदेखि नै उनले सम्भावित मन्त्रीहरूसँग छलफल सुरू गरेकी छिन्। प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने आगामी फागुन २१ गते आम निर्वाचन हुने घोषणा भइसकेको छ।

यसरी, नेपालले एकैसाथ पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला महान्यायाधिवक्ता पाएको ऐतिहासिक क्षणलाई देशभर चर्चाको विषय बनेको छ।