91
काठमाडौं, २४ भदौ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ। रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। यसरी शेर बहादुर देउवा, ररघुबीर महासेठ, रमेश लेखक, पुष्प कमल दाहाल प्रचण्ड, दिपक खडका लगायत कयौ नेताको घरमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका छन् | काठमाडौँ लगायत पोखरा, इटहरी, बुटवल, हेटौडा,जनकपुर र बिरगंज लगायतका ठाउमा अहिले जेन जी पुस्ता समर्थकले सरकारको बिरोधमा प्रदर्शन गरिरहेका छन | प्रदर्शनको क्रममा २० युवाको ज्यान गइसकेको छ | सरकारमा रहेका मन्त्रीहरु धमाधम राजिनामा दिदै छन |