आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आजको प्रदर्शन प्रमुख दलका शीर्ष नेताहरूको निवास प्रदर्शनकारीको निशानामा

आजको प्रदर्शन प्रमुख दलका शीर्ष नेताहरूको निवास प्रदर्शनकारीको निशानामा

90

काठमाडौं, २४ भदौ – राजधानी काठमाडौंमा दोस्रो दिनको जेन -जी पुस्ता को आन्दोलन अझै तीव्र बनेको छ। आज प्रमुख दलका शीर्ष नेताहरूको निवाससमेत प्रदर्शनकारीको आक्रोशको निशानामा परेको छ।

बिहानैदेखि प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि आन्दोलनकारीहरूले अवज्ञा गर्दै विभिन्न स्थानमा प्रदर्शन तीव्र पारेका छन्। विशेष गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवास अगाडि प्रदर्शनकारीको ठूलो भीड जम्मा भएको थियो।

प्रचण्ड निवास अगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मुंगामुढा भएको छ। अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दै प्रदर्शनकारीलाई तितर-बितर पार्ने प्रयास गरेको छ। तर आन्दोलनकारीहरू निरन्तर नाराबाजी गर्दै प्रतिरोध गरिरहेका छन्।

त्यसैगरी, मन्त्री गुरुङको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। आगजनीका कारण निवास परिसरमा क्षति पुगेको बताइए पनि विस्तृत विवरण अहिलेसम्म आएको छैन।सु रक्षाकर्मीहरूलाई थप सतर्क बनाइएको छ र संवेदनशील क्षेत्र वरिपरि ठूलो संख्यामा प्रहरी र सशस्त्र फौज परिचालन गरिएको छ।

प्रदर्शनकारीहरू प्रमुख दलका नेताहरूविरुद्ध नाराबाजी गर्दै, “नेतृत्व परिवर्तन” र “भ्रष्टाचारको अन्त्य” जस्ता माग राखिरहेका छन्। अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने बिभिन्न अस्पतालहरुमा ४०० जना भन्दा बढी युवाको उपचार भइरहेको छ |  अन्य धेरै को अवस्था गम्भीर रहेको छ |