100
वीरगंज, २३ भदौ २०८२ – जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगञ्जमा सोमबार राति ९ बजे देखि मंगलबार बिहान ९ बजेसम्म १२ घण्टाका लागि कर्फ्यू आदेश जारी गरेको छ।
सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध जेन-जी पुस्ताले ले सुरु गरेको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले वीरगञ्जका चार क्षेत्र—पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा भारतीय सीमा रक्सौल जोडिने शंकरचार्य गेट—मा कर्फ्यू लगाएको छ।
कर्फ्यू अवधिभर कुनै पनि भेला, जुलुस, सभा, बैठक वा घेराउ गतिविधि निषेध गरिएको छ।