आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जेन–जी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु, ३४७ घाइते

जेन–जी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु, ३४७ घाइते

110

काठमाडौं, २३ भदौ २०८२ – सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध आज गरिएको जेनजी को प्रदर्शनमा प्रहरीले प्रदर्शनकारी माथि गोलि चलाउदा  १९ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट सङ्कलन गरेको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो।

काठमाडौंका विभिन्न अस्पतालमा मृत्युको विवरण यस प्रकार छ: सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ।

त्यस्तै, काठमाडौं बाहिर सुनसरीको इटहरीमा प्रहरीले प्रदर्शनकारीलाइ गोली हानी २ जनाको मृत्यु भएको छ। घाइतेमध्ये धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

चौरतर्फी रुपमा सरकारको बिरोध भइरहेको छ भने गृह मन्त्री र प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ | प्रदर्शनको कारणले देशभर तनावको अवस्था सिर्जना भएको छ। ठाउँ ठाउमा प्रशासनद्वारा कर्फु जारी भएको छ |