आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News काठमाडौंमा जेन-जीको प्रदर्शनमा प्रहरीको गोलीप्रहार, ६ जनाको मृत्यु

काठमाडौंमा जेन-जीको प्रदर्शनमा प्रहरीको गोलीप्रहार, ६ जनाको मृत्यु

51

काठमाडौं २३ भदौ — बानेश्वर क्षेत्रमा भइरहेको जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ६ जनाको मृत्यु भएको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडप चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीका फोहरा, अश्रुग्यास र अन्ततः गोली प्रहार गरेको हो।

त्रिवि शिक्षण अस्पतालअन्तर्गतको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका चार जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले पुष्टि गरेका छन्। उनका अनुसार, “१० जना गम्भीर अवस्थामा छन्। उनीहरूलाई टाउको र छातीमा गोली लागेको छ,” उनले बताए। ट्रमा सेन्टरमा २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ।

त्यसैगरी, सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले अस्पतालमा ल्याइएका दुई जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनले भने, “मृतकहरूको पहिचान खुल्न बाँकी छ। अस्पतालमा दर्जनौं घाइतेको उपचार भइरहेको छ।”

घाइतेहरूको उपचार काठमाडौंका विभिन्न अस्पतालहरू — ट्रमा सेन्टर, सिभिल, एभरेस्टलगायतका स्वास्थ्य संस्थानहरूमा भइरहेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपपछि वातावरण तनावग्रस्त बनेको छ।