आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जेन–जी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा बानेश्वर चौकमा प्रहरी र प्रदर्शनकारीबीच तीव्र झडप

जेन–जी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा बानेश्वर चौकमा प्रहरी र प्रदर्शनकारीबीच तीव्र झडप

54

काठमाडौँ, २३ भदौ —माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरूले आज प्रहरीको ब्यारिकेड तोड्दै संसद भवनतर्फ जुलुस अघि बढाएका छन्। ‘जेन–जी’ पुस्ताद्वारा आयोजित प्रदर्शनका क्रममा बानेश्वर चौकमा प्रहरी र प्रदर्शनकारीबीच तीव्र झडप भएको हो।

प्रहरीले बानेश्वर चौकमा हजारौँको जुलुसलाई रोक्ने प्रयास गर्दा प्रदर्शनकारीहरूले बलपूर्वक ब्यारिकेड हटाउँदै अगाडि बढेपछि दुवै पक्षबीच धक्का-मुक्की र झडप भएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको छ।

आन्दोलनकारीहरूले समसामयिक राजनीतिक मुद्दा, बेरोजगारी, भ्रष्टाचार र जीवनयापनमा देखिएको कठिनाइविरुद्ध आवाज उठाउँदै संसद भवनअगाडि प्रदर्शन गर्ने उद्देश्यले माइतीघरबाट र्‍याली सुरु गरेका थिए। प

प्रहरीले भीड नियन्त्रणका लागि लाठीचार्ज गरेको छ भने केही प्रदर्शनकारी र प्रहरी घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। संसद भवन वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।