आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सुनचाँदीको मूल्यमा वृद्धि, स्थानीय बजारमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा वृद्धि, स्थानीय बजारमा नयाँ रेकर्ड

62

२२ भदौ वीरगंज – अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै स्थानीय बजारमा पनि मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, गत शुक्रबार प्रतितोला रु २,१०,००० मा कारोबार भएको सुन आज रु २,१२,००० कायम भएको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

चाँदीको मूल्य पनि बढेर आज प्रतितोला रु २,५०० पुगेको छ। गत बुधबार सुन प्रतितोला रु २,०७,९०० र चाँदी रु २,४८० मा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,५८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।