57
२२ भदौ वीरगंज — नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्र ग्रहण लाग्ने जनाएको छ।
समितिद्वारा स्वीकृत पञ्चाङ्गअनुसार, ग्रहण राति १०:११ बजे स्पर्श गर्नेछ, ११:५६ बजे मध्यमा पुग्नेछ र १:४१ बजे समाप्त हुनेछ। करिब साढे तीन घण्टासम्म नेपालभरीबाट चन्द्र ग्रहण अवलोकन गर्न सकिनेछ।
समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, यो विसं २०८२ को पहिलो ग्रहण हो। यसै वर्ष फागुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ।
शास्त्रीय दृष्टिले, बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई भदौ २२ गते दिउँसो १:११ बजेपछि भोजन नगर्न सुझाव दिइएको छ।