आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको नेपाली कांग्रेस सभापति देउवाको भनाइ

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको नेपाली कांग्रेस सभापति देउवाको भनाइ

63

विराटनगर, २१ भदौ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन संविधानले रोक्न नसक्ने बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, “संविधानमा यसबारे स्पष्ट प्रावधान छैन। नआउनू भन्ने पनि छैन, आउन पाइन्छ भन्ने पनि छैन।”

उनको यो भनाइ हालैका राजनीतिक घटनाक्रमसँग सम्बन्धित रहेको देखिन्छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा सक्रिय हुन थालेकी छिन्, तर एमालेले उनको पार्टी नेकपा एमाले सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा प्रवेश गरिसकेका छन्।

पत्रकारहरूले सोधेको प्रश्नमा, पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किए संविधानको औचित्य कमजोर हुने त होइन भन्नेबारे देउवाले भने, “मलाई धेरै कुरा थाहा छैन, तर संविधानले प्रत्यक्षरूपमा यसलाई रोक्ने प्रावधान राखेको देखिँदैन।”देउवाले भने |