आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २०८२ पारित

प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक २०८२ पारित

92

काठमाडौँ, भदौ १३ – प्रतिनिधिसभाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ। शुक्रबार बसेको सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिपक्षी दलका सांसदहरूको उपस्थिति न्यून रहेका बेला सभामा तत्काल उपस्थित सांसदहरूको ध्वनीमतद्वारा विधेयक पारित गरिएको हो। विधेयक पारित भएपछि भूमि व्यवस्थापनसम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जनमार्फत भूमिसम्बन्धी नीति र व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ।

यससँगै, प्रतिनिधिसभाको अर्को बैठक भदौ १८ गते (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ।