आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News देशभरीका निजी बिद्यालयले गरे अनिश्चितकाल बन्द्को घोषणा

देशभरीका निजी बिद्यालयले गरे अनिश्चितकाल बन्द्को घोषणा

109

वीरगन्ज, १२ भदौ — शिक्षा विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका निजी तथा आवासीय विद्यालयका सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन्। प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा सक्रिय संस्थाहरूले ५ बुँदे माग राख्दै संयुक्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।

संयुक्त विज्ञप्तिअनुसार भोलि (शुक्रबार)देखि भदौ १८ गतेसम्म चरणबद्ध आन्दोलन सञ्चालन गरिने उल्लेख छ। आन्दोलनका क्रममा देशभरका विद्यालयमा आन्तरिक छलफल, अभिभावकसँग परामर्श, आंशिक विद्यालय बन्द जस्ता कार्यक्रमहरू गरिनेछन्। यस्तै, तोकिएको समयसीमाभित्र माग पूरा नभए भदौ १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनीसमेत दिइएको छ।

यसैबीच वीरगन्जका निजी विद्यालय सञ्चालकहरूले बिहीबार विरोध र्‍याली निकालेका छन्। विभिन्न संघसंस्थासँग आबद्ध विद्यालय सञ्चालकहरूले आयोजना गरेको विरोध र्‍यालीले नगर परिक्रमा गर्दै शिक्षा विधेयकका प्रावधानप्रति आपत्ति जनाएको थियो। र्‍यालीपछि आयोजित कोणसभामा वक्ताहरूले सरकारले शिक्षालाई नीतिगत रूपमा उपेक्षा गरेको आरोप लगाउँदै आफ्नो माग पूरा नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका थिए।