आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक

118

भदौ १२,काठमाडौं — सरकारी वेबसाइटहरू एकपछि अर्को ह्याक हुन थालेका छन्। हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ। आफूलाई ‘क्याप्टेन स्मोक थ्री आर’ भनेर परिचय दिने ह्याकरले सो वेबसाइट ह्याक गरेको दाबी गरेका छन्।

यसअघि बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को वेबसाइट पनि ह्याक भएको थियो। सुरुमा प्राधिकरणको वेबसाइटमा ‘Hacked’ भन्ने सन्देश देखिएको भए पनि अहिले भने त्यहाँ ‘Page Not Found’ मात्र देखिन्छ। दुवै वेबसाइट अहिले पनि सञ्चालनमा आउन सकेका छैनन्।

लगातार सरकारी निकायका वेबसाइटहरू ह्याक भइरहेकाले नेपालमा साइबर सुरक्षाप्रति गम्भीर प्रश्न उठ्न थालेका छन्। विशेषज्ञहरूका अनुसार यस्तो अवस्था रहिरहनु सरकारका सूचना प्रविधि संरचना कमजोर रहेको प्रमाण हो।

उड्डयन प्राधिकरण र अध्यागमन कार्यालयले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्। यद्यपि, प्राधिकरणका एक अधिकारीले वेबसाइट पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोलीले काम गरिरहेको बताएका छन्।