आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुँदै

२३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुँदै

104

१० भदौ,काठमाडौँ । सरकारले देशभर सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रस्तावलाई मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको हो। प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने छ।

गृह मन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमार्फत दिइने सेवाहरूलाई सरल, सहज र प्रभावकारी बनाउन यो निर्णय गरिएको हो। मन्त्रालयले सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र सुविधाप्राप्तिमा देखिएको असमानतालाई मध्यनजर गर्दै एकैपटक ठुलो सङ्ख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ताका अनुसार, जनसङ्ख्या घनत्व उच्च भएका तर पहुँच सीमित भएका क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ। साथै, जहाँ सरकारी सेवा लिन लामो दुरी यात्रा गर्नुपर्ने बाध्यता छ, त्यहाँ अब सहज रुपमा सेवा उपलब्ध हुने भएको छ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसङ्ख्या, भौगोलिक सुगमता र पहुँचबिच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।