आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै, ७९ जनामा पुष्टि

वीरगञ्जमा हैजाको सङ्क्रमण बढ्दै, ७९ जनामा पुष्टि

118

९ भदौ, वीरगंज : –  वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजाको सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएको छ भने अहिलेसम्म यसको स्रोत भने पत्ता लाग्न सकेको छैन।

पर्सा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, सोमबार बिहानसम्म ७९ जना हैजाका सङ्क्रमित भेटिएका छन्। आइतबार बेलुकीसम्म ७१ संक्रमित भेटिएका थिए भने सोमबार थप ८ नयाँ बिरामी फेला परेका छन्।

हालसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्। विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधिहरू पानी परीक्षणलगायतको काममा संलग्न छन् र प्रारम्भिक रिपोर्ट आज सार्वजनिक हुने अपेक्षा गरिएको छ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, हैजासँगै सर्पदंश, ज्वरो र प्यारालाइसिसका बिरामी पनि बढिरहेका छन्, तर श्यया र जनशक्ति अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ।

स्वास्थ्यकर्मीहरूले दूषित खानेपानी र सरसफाइको कमीलाई प्रमुख कारण मान्दै, आम नागरिकलाई सचेत रहन र सावधानी अपनाउन आग्रह गरेका छन्।