आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News परवानीपुर गाउँपालिकामा हैजा रोकथामका लागि आपतकालीन बैठक

परवानीपुर गाउँपालिकामा हैजा रोकथामका लागि आपतकालीन बैठक

108

परवानीपुर, ८ भदौ – बिरगंजमा फैलिएको हैजाको जोखिमलाई ध्यानमा राखी परवानीपुर गाउँपालिकामा अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मी ज्यूको अध्यक्षतामा आज आपतकालीन बैठक सम्पन्न भयो।

बैठकमा वडा अध्यक्षज्यूहरु, स्वास्थ्य चौकी प्रमुख, LS Neuro and General Hospital का प्रतिनिधि तथा विद्यालय प्रधानाध्यापक ज्यूहरुको सहभागिता थियो।

बैठकले हरेक वडामा एक-एक अनुगमन समिति र गाउँपालिका स्तरमा केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको छ। यी समितिहरूले हैजा रोकथाम, जनचेतना र नियमित स्वास्थ्य अनुगमन गर्नेछन्।

प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार ज्यूले समयमै सावधानी अपनाउन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

गाउँपालिकाले नागरिकलाई सफाइमा ध्यान दिन, उमालिएको वा फिल्टर गरिएको पानी पिउन, खाना ढाकेर राख्न र लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।