आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगन्जमा हैजाको संक्रमण बढ्दै, संक्रमित ७१ पुगे

वीरगन्जमा हैजाको संक्रमण बढ्दै, संक्रमित ७१ पुगे

116

वीरगन्ज,८ भदौ – वीरगन्ज महानगरपालिकामा हैजाको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। आइतबारसम्मको अद्यावधिक विवरणअनुसार, हालसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भएको वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शनिबारसम्म ४२ संक्रमित रहेका थिए भने आइतबार मात्र थप २९ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिनुभयो।

संक्रमितमध्ये नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, र अन्य अस्पतालमा बाँकी बिरामी उपचाररत रहेका छन्।

संक्रमित सबैजना वडा नं. ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा भएको जनाइएको छ। साथै, वीरगन्जका विभिन्न अस्पतालहरूमा झाडापखाला र शंकास्पद हैजाका १६१ जना बिरामी उपचाररत रहेका छन्। हैजा रोगको संक्रमणबाट बच्न पर्साका जन प्रतिनिधिहरुले पालिकाहरुको बैठक बसेर निर्णय गरी आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन

स्वास्थ्य शाखाले नागरिकलाई उमालेको वा फिल्टर गरिएको पानी मात्र पिउन, सरसफाइमा ध्यान दिन र लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।