आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जेलभित्रबाट पनि जनताको सेवा : रुपन्देही कारागारमा रबि लामिछानेद्वारा २१ थान पंखा सहयोग

जेलभित्रबाट पनि जनताको सेवा : रुपन्देही कारागारमा रबि लामिछानेद्वारा २१ थान पंखा सहयोग

83

२३ श्रावन, रुपन्देही: — २५० जनाको क्षमता भएको रुपन्देही जिल्ला कारागारमा हाल करिब ६०० कैदीहरू रहेका छन्। गर्मीयाममा ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने यस क्षेत्रमा कैदीहरू पंखा बिना नै अमानवीय अवस्थामा बस्न बाध्य भएको कैदीहरूले गुनासो गर्दै आएका छन्।

कैदीहरूले पटक–पटक कारागार प्रशासनसँग पंखाको व्यवस्था गर्न आग्रह गरे पनि प्रशासनले कुनै सुनुवाइ नगरेको उनीहरूको आरोप छ।

हाल कारागारमा रहेका रास्वपा सभापति रबि लामिछानेले यो अवस्थाले आफूलाई गहिरो रूपमा छोएको बताए। आफैं अलग कोठामा रहेका उनले अन्य कैदीहरूको पीडा सहन नसकी आफ्ना चिन्ने–बुझ्ने सहयोगीहरू मार्फत २१ थान पंखा संकलन गरी कारागार प्रशासनलाई बुझाएका हुन्।

पंखा पाएपछि कैदीहरू अत्यधिक गर्मीबाट केही राहत पाउने आशा गरिएको छ। लामिछानेले कैदीहरू पनि नागरिक भएको र उनीहरूको न्यूनतम मानवीय अधिकारको सम्मान हुनुपर्नेमा जोड दिए।