83
वीरगंज, २३ साउन । बाख्रा चराउन गएकी ११ बर्षिय बालिकालाई १० रुपैयाँको नोट देखाएर ललाई फकाई जंगलमा लगेर बलात्कार गरेका एक पुरुषलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ सुन्दरवस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्
साहले साउन २१ गते बुद्धवार बिहान ठोरीस्थित जंगलमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको दावी छ । बाख्रा चराउन गएकी बालिकालाई एक्लै देखेर १० रुपियाँको नोट दिई फकाएर जबरजस्ती करणी गरेको जाहेरी परेपछि साहलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी किशोर लम्सालले जानकारी दिएका हुन्। बालिकाको जाहेरीका आधारमा पक्राउ परेका साहमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाई अनुसन्धान थालिएको प्रवक्ता लम्सालले जानकारी गराएका छन् ।