आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, चोरी र खरिद दुबै समूह नियन्त्रणमा

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, चोरी र खरिद दुबै समूह नियन्त्रणमा

116

विराटनगर, २०८२ साउन २१ – कोशी प्रदेशका विभिन्न स्थानहरूमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहको पर्दाफास भएको छ। प्रहरीको सक्रिय अनुसन्धानपछि चोरीमा संलग्न ७ जना र चोरी गरिएको सामग्री खरिद गर्ने ५ जनालाई पक्राउ गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार ट्रान्सफर्मर चोरीका घटनाहरू दोहोरिएपछि अनुसन्धान थालिएको थियो। सोही क्रममा मोरङ र सुनसरीका विभिन्न स्थानबाट चोरी गर्ने र किन्ने व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

चोरीमा संलग्नहरूमा मोरङ, ग्रामथान–४ का ४२ वर्षीय अर्जुन कुमार माझी, ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ, बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, सुनसरी, दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास, दुहबी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, र भारत घर भई हाल दुहबी–४ स्थित ससुरालीमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ रहेका छन्।

उनीहरूले विभिन्न स्थानका ट्रान्सफर्मर खोल्ने, तामाको तार र अन्य भाग निकालेर बेच्ने कार्य गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

यस्तै, चोरी गरिएको सामग्री खरिद गर्ने विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट, र इटहरी–४ का ३९ वर्षीय सिताराम राईलाई पनि चोरीको सामानसहित पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ट्रान्सफर्मर चोरीले विद्युत आपूर्ति प्रभावित हुनुका साथै सरकारी सम्पत्तिमा ठूलो क्षति पुर्‍याउने भएकाले दोषीमाथि कडा कारबाही गरिने बताइएको छ।