116
१६ साउन, उत्सव खबर — अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गरी लाइसेन्सको बहाल तथा नवीकरणको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको हो।
सरकारले केही नेपाल ऐन संशोधन गर्न तयार पारेको विधेयक हालै राजपत्रमा प्रकाशित भएको छ। सो विधेयकअनुसार, ऐनको दफा ५४ को उपदफा ३ मा रहेको “५ वर्ष” भन्ने अवधि संशोधन गरी अब “१० वर्ष” कायम गरिएको छ। यससँगै, लाइसेन्स नवीकरण गरेपछि पनि त्यो १० वर्षसम्म मान्य हुने नयाँ व्यवस्था लागू हुने भएको छ।
यसअघि, नयाँ लाइसेन्स लिईएपछि वा नवीकरण गरेपछि त्यसको मान्यता अधिकतम ५ वर्षसम्म मात्र हुने थियो। नयाँ व्यवस्थाले चालकहरूलाई बारम्बार लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति दिलाउने विश्वास गरिएको छ।