आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News चितवनमा स्क्रब टाइफस संक्रमण बढ्दो, एक वर्षमा १,०५५ संक्रमित

चितवनमा स्क्रब टाइफस संक्रमण बढ्दो, एक वर्षमा १,०५५ संक्रमित

140

चितवन, साउन १५ – चितवनमा स्क्रब टाइफस संक्रमण तीव्र रुपमा बढ्दै गएको छ। गत आर्थिक वर्षमा ७,०९५ जनाको परीक्षणमध्ये १,०५५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३९५ पुरुष र ६६० महिला छन्। एक जनाको मृत्यु पनि भएको छ।

स्क्रब टाइफस झाडी क्षेत्रमा पाइने माइटको टोकाइबाट सर्ने रोग हो। मुसाको शरीरमा बस्ने माइटले टोकेको बेला संक्रमण फैलिन्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन।

जनस्वास्थ्य कार्यालय चितवनका निरीक्षक राम केसीका अनुसार संक्रमण रोक्न सरसफाइ, जनचेतना, झाडी क्षेत्रबाट बच्नुपर्ने र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने हुन्छ। रोगको लक्षणमा उच्च ज्वरो, आँखा रातो हुनु, झाडापखाला, तथा टोकेको ठाउँमा रातो वा कालो दाग देखिनु मुख्य हुन्।