ललितपुर, १६ माघ — गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरी आफैं टिकाभैरव प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन्।
प्रहरीका अनुसार, विनोदले आफ्नो बयानमा मदिराको नशामा रिस नियन्त्रण गर्न नसक्दा चिर्पट प्रयोग गरी हत्या गरेको स्वीकार गरेका छन्। हत्या गरेको केहि समयपछि उनी “मैले श्रीमती हत्या गरेँ” भनी प्रहरी कार्यालय पुगेका थिए।
प्रहरीले घटनास्थलबाट शव बरामद गरी अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार दुबै जनाले मदिरा सेवन गरेपछि विवाद हुँदा यो घटना घटेको हो। विनोदलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ।




