आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News छापावाला सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय

छापावाला सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय

87

काठमाडौँ, १५ माघ – साताको कारोबारको पाचौ दिन बिहिबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो।

बुधबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।