आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा सीमा सुरक्षा पोष्ट उद्घाटन, सुरक्षा व्यवस्था थप मजबुत

वीरगञ्जमा सीमा सुरक्षा पोष्ट उद्घाटन, सुरक्षा व्यवस्था थप मजबुत

113

वीरगञ्ज, पर्सा १४ माघ — वीरगञ्ज महानगरपालिका–स्थित मितेरी पुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको आज एक विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन गरिएको छ।

“मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त सीमा सुरक्षा पोष्टको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभयो।

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी प्रमुख युवराज कटवाललगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, आवागमनलाई व्यवस्थित गर्ने तथा मितेरी पुल क्षेत्रको समग्र सौन्दर्य अभिवृद्धिमा नवनिर्मित सीमा सुरक्षा पोष्टले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।