आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News बड्याङबुडुङ’ गरेर परिवर्तन सम्भव छैन : गगन थापा

बड्याङबुडुङ’ गरेर परिवर्तन सम्भव छैन : गगन थापा

26

काठमाडौँ, जेठ १ गते – नेपाली कांग्रेस का सभापति गगन थापाले छलफल, संवाद र प्रमाणका आधारमा परिवर्तन सम्भव हुने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस छलफल र संवादमा विश्वास गर्ने पार्टी भएको उल्लेख गरे।

उनले भने, “हामी छलफलमा विश्वास गर्छौं, संवादमा विश्वास गर्छौं। हामी आमनेसामने बहसमा विश्वास गर्छौं, हामी प्रमाणमा विश्वास गर्छौं।”
थापाले परिवर्तन एकैचोटि आकस्मिक रूपमा सम्भव नहुने धारणा व्यक्त गरे। सुकुमवासीको समस्या समाधान नागरिकन उठिबास लगाउनु देश बिकसित हुने होइन  यसबारे नीति, नियम र कानुन निर्माण गर्दै प्रणालीमा सुधार ल्याउन क्रमिक प्रक्रिया आवश्यक पर्ने उनले बताए। बर्तमान सरकारले हतार हतारमा बिकाश गर्न खोजेकोले दुर्घटनामा देश पर्न नसकिने भने कुरा भन्न सकिन्न |

उनका अनुसार समाज र राज्य सञ्चालनका सबै पक्ष एकअर्कासँग जोडिएको ‘इकोसिस्टम’ भएकाले परिवर्तन विस्तारै र योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने हुन्छ।