आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध चारवटा मुद्दा दायर

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध चारवटा मुद्दा दायर

36

वीरगञ्ज । जिल्ला सरकारी वकिल कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला अदालत पर्सामा चार वटा मुद्दा दायर गरेको छ । अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता, नागरिकता, राहदानी लगायतका सरकारी कागजात बनाइएको आरोपमा मुद्दा दायर गरिएको हो ।

छपकैया पर्सा निवासी लियाकत अलीले २०८० माघमा दिएको उजुरीपछि अनुसन्धान सुरु भए पनि लामो समय निष्कर्षमा पुग्न सकेको थिएन । पछि उच्च अदालतको परमादेशपछि प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रहरी प्रतिवेदनका आधारमा मेयर सिंहविरुद्ध झुठा विवरण पेश गरी नागरिकता बनाएको तथा लिखत सम्बन्धी कसुरअन्तर्गत दुई/ दुई वटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।