आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News तमिलनाडूमा विजयको पार्टी अग्रस्थानमा, मुख्यमन्त्री बन्ने सम्भावना बलियो

तमिलनाडूमा विजयको पार्टी अग्रस्थानमा, मुख्यमन्त्री बन्ने सम्भावना बलियो

अभिनेता विजयको राजनीतिक चमत्कार, टिभिके अग्रस्थानमा

92

तमिलनाडू विधानसभा निर्वाचनको मतगणना जारी रहँदा अभिनेता विजय थालापती नेतृत्वको तमिलगा वेट्री कजगम (टिभिके) अप्रत्यासित रूपमा अग्रस्थानमा देखिएको छ। २३४ मध्ये २२७ सिटको प्रारम्भिक मतगणनामा टिभिके १२२ सिटमा अगाडि छ।

भारतीय मिडियाका अनुसार विजय नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ। सत्तारूढ द्रविडा मुनेत्र कजगम (डिएमके) र कांग्रेस गठबन्धन हाल तेस्रो स्थानमा ४३ सिटमा सीमित छ भने भारतीय जनता पार्टी सहितको एनडिए गठबन्धन ६६ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ।

२०२४ मा स्थापना भएको टिभिकेले प्रारम्भमै बहुमतका लागि आवश्यक ११८ सिट पार गर्दै करिब १७० सिटसम्म अग्रता बनाए पनि पछि केही घटेको छ। यद्यपि, पार्टी अझै मुख्य प्रतिस्पर्धीका रूपमा अगाडि छ।

विजयले कुनै गठबन्धन नगरी सबै सिटमा उम्मेदवारी दिएका थिए। ‘सिठ्ठी’ अभियानमार्फत उनले परिवर्तनको सन्देश दिएका थिए। उनी चेन्नईको पेराम्बुर र त्रिची पूर्व दुवै क्षेत्रमा अगाडि छन्।

एक्जिट पोलले डिएमके गठबन्धनको जितको अनुमान गरे पनि प्रारम्भिक नतिजाले नयाँ राजनीतिक शक्ति उदाउने संकेत देखाएको छ। अन्तिम परिणाम आउन बाँकी छ।