आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

48

झापा, वैशाख १९ गते — झापा, मोरङ र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापाको अर्जुनधारा नगरपालिका–५ बाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरपालिका–५ निवासी सागर दर्जीलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। त्यस्तै, इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति नगरपालिका–१ का हरीप्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।

मोरङमा इलाका प्रहरी कार्यालय बिराटचोकको टोलीले सुन्दरहरैचा नगरपालिका–९ बाट सोही स्थानका बिकल राईलाई ७० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ।

यसैगरी, उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका–३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।