86
काठमाडौँ, १८ बैशाख – सरकारले एलपी ग्यासको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ खरिद मूल्य बमोजिम आयल निगम सञ्चालक समितिको बसेको बैठकले बिहीबार मध्यरातिदेखि लागु हुने गरी ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि गरेको हो ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४६ ले वृद्धि गरिएको छ ।
यता डिजेलरमट्टितेलमा भने लिटरमा १२ र पेट्रोलमा २ रुपैयाँ भाउ घटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी पेट्रोलियम पदार्थ को खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ८१ करोड अझै घाटा हुने रहेको छ |
