45
काठमाडौँ, १७ बैशाख — राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गरेको सिफारिसका आधारमा सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको हो।
सरकारले सहकारीसम्बन्धी अध्यादेशसहित संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विभिन्न अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष सिफारिस गरी पठाएको थियो।
राष्ट्रपति पौडेलले प्राप्त अन्य अध्यादेशहरूमाथि हाल संविधानविद्हरूसँग परामर्श जारी राखेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारको सिफारिस र संवैधानिक प्रक्रियाअनुसार अध्यादेश जारी गर्ने तथा अध्ययन गर्ने कार्य अघि बढाइएको कार्यालयले स्पष्ट पारेको छ।
