आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एमआरपी विवादपछि भन्सार जाँचपास सहज बनाउन नयाँ व्यवस्था

एमआरपी विवादपछि भन्सार जाँचपास सहज बनाउन नयाँ व्यवस्था

79

काठमाडौं, १७ बैशाख — आयातित वस्तुमा अनिवार्य एमआरपी लेबलको व्यवस्थाले भन्सार जाँचपास अवरुद्ध भएपछि सरकारले नयाँ निर्देशन जारी गरेको छ।

अब पैठारीकर्ताले भन्सारमै एमआरपी स्वघोषणा गर्न वा बिक्रीअघि लेबल लगाउने लिखित प्रतिबद्धता जनाएर सामान छुटाउन सक्नेछन्।

यसअघि एमआरपी अनिवार्य गरेपछि औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा छिटो सड्ने वस्तुहरू भन्सारमै अड्किएका थिए।

सरकारले आगामी आर्थिक ऐनमार्फत एमआरपीसम्बन्धी व्यवस्था थप स्पष्ट पार्ने तयारी गरेको जनाएको छ।