आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News समसामयिक विषयमा लुम्बिनी प्रदेश प्रहरीको ब्रिफिङ तथा अन्तरक्रिया सम्पन्न

समसामयिक विषयमा लुम्बिनी प्रदेश प्रहरीको ब्रिफिङ तथा अन्तरक्रिया सम्पन्न

40

बुटवल,१६ वैशाख — लुम्बिनी प्रदेश प्रहरी ले समसामयिक विषयमा केन्द्रित ब्रिफिङ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रदेशको शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा तथा प्रविधिको प्रयोग लगायत विषयमा गहन छलफल गरिएको थियो। साथै अनुशासन, जिम्मेवारी र व्यावसायिक कार्यसम्पादनका विभिन्न पक्षमा समेत विचार आदानप्रदान भएको प्रहरीले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक खत्रीले बदलिँदो सामाजिक परिवेश र चुनौतीहरूलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीलाई थप जिम्मेवार, सक्रिय, अनुशासित र जनउत्तरदायी भई कार्यसम्पादन गर्न निर्देशन दिए। उनले लुम्बिनी प्रदेश प्रहरी नागरिकको सुरक्षा, न्याय र विश्वासको आधार स्तम्भका रूपमा अघि बढिरहेको उल्लेख गर्दै सेवा प्रवाहमा पारदर्शिता, संवेदनशीलता र व्यावसायिकता कायम राख्नुपर्नेमा जोड दिए।

प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्दै नागरिकमैत्री, उत्तरदायी तथा प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता कायम राखिएको छ।