आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

44

काठमाडौं,१५ बैशाख — सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा विचार आदानप्रदान भएको थियो। भेटका क्रममा दुवै पक्षले आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै आर्थिक, प्राविधिक तथा जनस्तरको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

सभामुख अर्यालले नेपालको विकास, सुशासन र समृद्धिका लागि मित्रराष्ट्र चीनबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, राजदूत माओमिङले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीन सधैं साथमा रहने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले दुई देशबीचको सहकार्यलाई व्यवहारिक र परिणाममुखी बनाउँदै अघि बढाउनेतर्फ चीन सकारात्मक रहेको बताउनुभयो।