61
काठमाडौं, १४ बैशाख । उमेर हदका कारण अनिवार्य अवकाशमा जानुभएका प्रहरी निरीक्षक बसन्त कुमार दाहालको सोमबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले निरीक्षक दाहाललाई औपचारिक रूपमा बिदाई गर्नुभएको हो। निरीक्षक दाहाल यही वैशाख १२ गतेबाट अनिवार्य अवकाशमा जानुभएको हो।
बिदाई कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी उपरीक्षकहरू, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले निरीक्षक दाहालले आफ्नो सेवाकालमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी जीवन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
