आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लागू औषध Nitrazepam र गाँजासहित ४ जना पक्राउ

लागू औषध Nitrazepam र गाँजासहित ४ जना पक्राउ

36

ललितपुर, १० बैशाख — ललितपुर जिल्लामा लागू औषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चार जनालाई लागू औषध र गाँजासहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग गोदावारीबाट खटिएको संयुक्त टोलीले महालक्ष्मी नगरपालिका–०८ लुभू बसपार्क र गोदावारी नगरपालिका–०२ पात्लेछाप क्षेत्रमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा महालक्ष्मी–०९ लामाटारका २४ वर्षीय पुरुषोत्तम चौलागाई, सिन्धुली मरिन गाउँपालिका–०७ घर भई हाल काठमाडौं–सिनामंगल बस्ने २५ वर्षीय अबिसेक थापा, धनकुटा खोकुछिन्तान घर भई हाल महालक्ष्मी–०९ बस्ने २७ वर्षीय सुनिल राई तथा गोदावारी नगरपालिका–०२ बस्ने ४४ वर्षीय सरोज सिलवाल रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट Nitrazepam Tablets I.P. 10 mg का ७५ पत्ता (प्रत्येक पत्तामा १० ट्याबलेटका दरले कुल ७५० ट्याबलेट), अवैध गाँजा ८.५ के.जी. तथा नगद रु. २,१३५ बरामद गरिएको छ।
पक्राउ परेकाहरूमाथि हाल जिल्ला प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।