35
काठमाडौँ, ३ बैशाख २०८३- नेपालमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भईरहेको छ | नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ।
निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँका दरले वृद्धि गरेको छ।
जसअनुसार अब उपत्यकालगायत स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ पुगेको छ। हवाई इन्धन २५६ रुपैया पुगेको छ | पेट्रोलको मूल्य भने यथावत रहेको छ |
