66
काठमाडौँ, १ बैशाख २०८३-प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूर्णनिष्ठाका साथ पूरा गर्न आह्वान गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना सन्देश दिँदै उहाँले स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।
प्रधानमन्त्री शाहले नयाँ वर्षले सकारात्मक ऊर्जा र राष्ट्रप्रतिको नयाँ प्रतिबद्धता लिएर आएको उल्लेख गर्दै आपसी सद्भाव कायम राख्दै सामूहिक प्रयासमार्फत देश विकासमा लाग्न सबैलाई आग्रह गर्नुभयो।