आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षक अभय लामाको उपचारका क्रममा निधन

94

काठमाडौँ, १ बैशाख २०८३-  काठमाडौंमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामा को उपचारका क्रममा निधन भएको छ।

अभय लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। रामेछापको लिखु तामाकोशी गाउँपालिकाका लामा गत चैत २९ गते काठमाडौँको तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडकखण्डमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थिए।

घाइते लामाको अस्पतालमा उपचारका क्रममा आज निधन भएको नेपाल प्रहरीले जनाएको छ।
कर्तव्यपालनाको सिलसिलामा दुर्घटनामा परी निधन भएका लामाप्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले श्रद्धाञ्जली व्यक्त गरेका छन्।