65
काठमाडौँ, १ बैशाख २०८३
हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन्। मंगलबार फेसबुकमार्फत उनले प्रारम्भिक रूपमा आफ्नो नाममा कुनै अचल सम्पत्ति नरहेको जानकारी दिएका हुन्।
उनका अनुसार वैदेशिक रोजगारीबाट कमाएको करिब ४–५ तोला सुन र २–४ लाख रुपैयाँजति बैंक मौज्दात मात्र रहेको छ। पैतृक रूपमा खोटाङमा केही खेतबारी भए पनि त्यो आमाको नाममा रहेको उनले स्पष्ट पारे।
जनस्तरबाट उठेको प्रश्न र कानुनी व्यवस्थालाई सम्बोधन गर्दै उनले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।