आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News दैलेखको गुराँस गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

दैलेखको गुराँस गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

73

दैलेख, ३० चैत । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य र आर.के. कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आचार्यमाथि २२ लाख ४४ हजार ५ सय रुपैयाँ बिगो माग गरिएको छ। आर.के. कन्स्ट्रक्सनका सञ्चालक कार्कीविरुद्ध पनि सोही रकम बराबरको बिगो कायम गरिएको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा मुद्दा चलाइएको उल्लेख छ। उनलाई ऐनको दफा ३ को उपदफा (१) को (घ) अनुसार कैद र जरिवानासहित बिगो असुलउपरको माग गरिएको छ।

त्यस्तै, कन्स्ट्रक्सन कम्पनीका सञ्चालक कार्कीलाई गैरकानुनी लाभ लिन सहयोग गरेको आरोपमा ऐनको दफा २२ बमोजिम मतियारको रूपमा मुद्दा दायर गरिएको छ। सोही दफाको प्रावधानअनुसार मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ।