आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक, बैंकमा रु. १ करोड ४६ लाख मौज्दात

प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक, बैंकमा रु. १ करोड ४६ लाख मौज्दात

100

काठमाडौं, २९ चैत — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनको बैंक खातामा रु. १ करोड ४६ लाख रकम रहेको उल्लेख गरिएको छ।

सार्वजनिक विवरणमा बालेनको आम्दानीको मुख्य स्रोत सामाजिक सञ्जाल रहेको जनाइएको छ। उनले फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्समार्फत आम्दानी गर्ने गरेका छन्।

त्यसैगरी, उनकी श्रीमती सबिना काफ्लेको नाममा १९० तोला सुनका गहना रहेको खुलाइएको छ। उक्त गहनाको स्रोत ‘पैतृक’ उल्लेख गरिएको छ।