आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News आफ्नो कार्यकालका निर्णय पारदर्शी छन, छानबिनका लागि तयार छु -प्रचण्ड

आफ्नो कार्यकालका निर्णय पारदर्शी छन, छानबिनका लागि तयार छु -प्रचण्ड

81

काठमाडौं, २८ चैत — पुष्प कमल दाहाल प्रचण्ड ले आफू कुनैपनि प्रकारको भ्रस्टाचार काण्ड छानबिनका लागि तयार रहेको बताएका छन्।

प्रचण्डले शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पारे। आफू प्रधानमन्त्री हुदा आफ्नो कार्यकालमा भएका सबै निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै उनले त्यसको सामना गर्न आफूलाई कुनै डर नभएको पनि जिकिर गरे।

“मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेको छु। तपाईंहरूले बुझ्नु हुन्न कि के हो सम्पूर्ण छानबिनका लागि म तयार छु,” उनले भने।
वर्तमान सरकारको कार्यशैलीबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा भने उनले अहिले नै टिप्पणी गर्ने समय नभएको प्रतिक्रिया दिए।