68
काठमाडौं, २८ चैत — वैदेशिक रोजगार विभाग, ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार मस्राङ्गीको साथबाट घुस रकम बाहेक स्रोत नखुलेको थप ७७ हजार ६ सय रुपैयाँ समेत बरामद गरिएको छ। साथै, उनको साथबाट तीन थान मोबाइल फोन पनि जफत गरिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रिया सहजीकरण गरिदिने बहानामा घुस माग गरेका थिए। सोही सूचनाका आधारमा अख्तियारको टोलीले विशेष निगरानीपछि उनलाई रंगेहात पक्राउ गरेको हो।